arrow

दिलसुन्दर श्रेष्ठ जनमतबाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
dilsundar-shrestha-janamat.jpg

काठमाडौँ । वेदना साहित्यिक पत्रिकाका सम्पादक तथा प्रकाशक, समाजसेवी, सक्षम उद्यमी तथा जनमत साहित्यिक आन्दोलनका विशेष सहयागी–सल्लाहकार दिलसुन्दर श्रेष्ठलाई जनमत वाङ्मय प्रतिष्ठान नेपालको विशेष बैठकमा भएको संगोष्ठीमा सम्मान गरिएको छ । 
    
सामाजिक अभियन्ता तथा जनमतका विशेष सहयोगीका रुपमा श्रेष्ठले विशेष सहयोग र योगदान पुर्याउँदै आएकोले उनलाई ‘जनमत–राजभाइ सहयात्री सम्मान’ प्रदान गरिएको हो । 

बनेपामा भएको उक्त कार्यक्रममा जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, वरिष्ठ मानार्थ संरक्षक राजभाइ प्रधान र जनमतका विशेष सहयोगी तथा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टले सम्मान–पत्र, दोसल्ला, जनमत पदक र नगद खामसहित प्रदान गर्दै सम्मान गरिएको हो । 

उक्त अवसरमा आफ्नो मन्तव्य राख्दै दिलसुन्दर श्रेष्ठले जनमतप्रति आभार व्यक्त गर्दै भने, “भाषा–साहित्यमा अग्रिम ढङ्गले राष्ट्रमा नै आफ्नो ख्याति कमाउन सफल मोहन दुवालजी मेरा पुराना मित्र हुनुहुन्छ र उहाँले गरिराखेको साहित्यिक अभियानहरु मैले नजिकले नियालिराखेको छु । र जनमतलाई सक्दो सहयोग गर्ने वचन समेत पनि व्यक्त गर्न चाहन्छु ।”  

यसैगरी उक्त कार्यक्रममा आफ्नो विचार राख्दै जनमतका अध्यक्ष मोहन दुवालले “दिलसुन्दर श्रेष्ठले जनमतलाई गर्दै आएको सहयोग उदाहरणीय रहेको र उहाँले जनमतप्रति व्यक्त गर्नुभएको भावनाले हामीलाई हौसला थपिदिएको छ” भने ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ