arrow

सरकारमा आउन माधवलाई प्रचण्डको प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
prachanda-madhav-80-11-21.jpeg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। उनीहरूबीच सोमबार बेलुकी कोटेश्वरस्थित नेपाल निवासमा भेटवार्ता भएको हो ।

बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा प्रचण्ड नारायणकाजी श्रेष्ठलाई बोकेर बालुवाटारबाट कोटेश्वर गएका थिए । 

उनी माधव नेपाललाई गठबन्धनमा सामेल गर्ने उद्देश्यका साथ नेपाललाई भेट्न गएका हुन् । उनले सरकारमा आउन नेता नेपाललाई प्रस्ताव गरेका छन् । 

नेपालले आफ्नो पार्टीभित्र नेताहरुसँग छलफल गरेर निर्णय गर्ने बताएका छन् । 

नेकपा एसले नयाँ गठबन्धनको गुण दोषका आधारमा निर्णय गर्ने भन्दै अहिले पर्ख र हेरको अवस्थामा रहेको निर्णाय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ