arrow

अफिम र नगदसहित एकजना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
nepal-police-logo_1618051596.jpg

चितवन। दुई किलो ३० ग्राम अफिमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको पचालझरना गाउँपालिका–५ बस्ने ४० वर्षीय केशव बम रहेका छन् ।
 
जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गरी बमलाई सार्वजनिक गरेको हो । कार्यालयका प्रवक्ता श्रीराम भण्डारीका अनुसार बमलाई आइतबार साँझ भरतपुर महानगरपालिका–१० चौबिसकोठीबाट पक्राउ गरिएको हो । 

पक्राउ परेका उनका साथबाट रु दुई लाख १६ हजार पाँच सय नगद बरामद गरिएको उनले जानकारी दिए ।
 
कार्यालयले ३२ थान हराएका मोबाइल खोजतलास गरी सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ । विभिन्न ब्रान्डका ती मोबाइल अर्कैले प्रयोग गरेको अवस्थामा भेटेर वास्तविक धनीलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ