arrow

एसलाई फकाउन प्रचण्डसँगै ओली पनि पुगे माधवको घरमा, झोँक्किए माधव

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
prachanda-oli-madhav-80.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीलाई जसरी पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले निकै कसरत गरेका छन् । 

प्रचण्ड र ओली मंगलबार साँझ एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । उनीहरुले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । 

लामो समयपछि ओली माधवलाई भेट्न उनको निवासमा पुगेका हुन् । तर माधवले भने यति धेरै अगाडि बढिसकेपछि अब आफ्नो के अर्थ रह्यो र ? भनी प्रश्न गरेको स्रोतले बताएको छ । 

यसअघि सोमबार साँझ पनि प्रधानमन्त्री प्रचण्ड माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई साथमा लिएर माधवलाई भेट्न पुगेका थिए । 

सोमबार पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएका माधव मंगलबार भने ओलीलाई देखेपछि झोँक्किएका थिए । 

माधव नेपाल प्रचण्डसँग थप रिसाएका छन् । उनले आफूलाई जानकारी नै नगराएर गठबन्धन तोडेको भन्दै रिसाएका हुन् । नेपाली कांग्रेससँगको गठबन्धनका लागि माधव नेपालले ठूलो भूमिका खेलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ