arrow

कांग्रेसले बोलायो संसदीय दलको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
congress-flag3.jpg

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्दैछ । वैकल्पिक सत्ता गठबन्धनका लागि प्रयास गरिरहेको कांग्रेसले बिहीबारका लागि दलको बैठक बोलाएको हो । बैठक बिहान ९ बजे बस्नेछ ।

सत्ता गठबन्धन फेरिएर प्रतिपक्षमा पुगेको कांग्रेसले संसदीय दलको बैठकमा समसामयिक राजनीति तथा बिहीबार हुने संसदको बैठकमा पार्टीको प्रस्तुतिका बारेमा छलफल गर्ने बुझिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेपछि कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय हिजो गरेपछि संसदमा खेल्ने भूमिकाका बारेमा सभापति देउवाले थप निर्देशन दिने बुझिएको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ