arrow

नारायणमान भन्छन्-  यो कस्तो संसद् हो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
narayanman.JPG

काठमाडौं ।   नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले यो कस्तो संसद् हो भनि प्रश्न गरेका छन् । एक कार्यक्रममा बोल्दै बिजुक्छेँले संसदीय मर्यादा बुझेका मान्छे संसद्मा नपुग्दा संसद्नै विकृत बनेको टिप्पणी गरेका हुन् । 

बिजुक्छेँले भने, “संसदीय मर्यादा नबुझेका मानिस अहिले संसद्मा पुगेका छन्, त्यसैले संसद् विकृत बनिसक्यो, संसद्मा सत्ता पक्षले ल्याएको कार्यक्रममा सत्ता पक्षकै सांसदले विरोध गर्दै टिप्पणी गर्नु गलत हो, सरकारले ल्याएको कार्यक्रमका विरोध वा सुझाब त प्रतिपक्षले दिने हो, यहाँ त सबैले बोलेका छन्, नचाहिने नचाहिने कुरामा टिप्पणी गरेका छन्, यो कस्तो संसद् हो ।”

सत्तापक्षले संसद्मा सरकारले ल्याएका कार्यक्रमको विरोध गर्नु भनेको सरकार असफल हुनु हो भन्दै उनले संसद्मा प्रत्येक सांसदले बोल्ने नभई प्रतिनिधिमूलक रुपमा पार्टीका धारणा पार्टीको तर्फबाट राखेर जानुपर्ने औँल्याए । 

एमालेले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको र कतिपय गलत विषयमा प्रतिपक्षले विरोध नजनाएर गरेको मौन समर्थले देश बिग्रिएको उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ