arrow

राप्रपा कार्यालयमै पदाधिकारीमाथि हातपात, दोषीलाई कारबाही हुन्छ- लिङ्देन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
rss-party-.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठ माथि आक्रमण हुनु आपराधिक घटना भएको बताएका छन् । 

आइतबार पार्टी कार्यालयमा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहँदा केही युवाहरूको समूहले अध्यक्ष लिङ्देनकै कार्यकक्षभित्र श्रेष्ठमाथि हातपात गरेका थिए । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले पार्टी कार्यालयभित्र पार्टीको पदाधिकारीमाथि आक्रमण हुनु आपराधिक घटना भएको बताए ।

उनले पार्टीले दोषीउपर कारबाही हुनुपर्ने निर्णय गरेको पनि बताए । उनले पार्टीले अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय भएको बताए । 

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय प्रजातन्त्र पार्टीले अगाडी सारेको आन्दोलनको कार्यक्रम लगायत विभिन्न विषयहरूमा छलफल भएको बताए । त्यस्तै बैठकमा नवीन राप्रपा कार्य योजनाको सन्दर्भमा पनि छलफलहरू भइराखेको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ