arrow

इलाम २ उपनिर्वाचन

सत्ता गठबन्धनविरुद्ध रास्वपाले इलाममा उम्मेदवार उठाउने [भिडियो]

बझाङमा नउठाउने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
raswapa-nirnaya.jpg

काठमाडौँ । सत्ता गठबन्धनविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनमा उम्मेदवार उठाउने भएको छ । 

सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी रास्वपाले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको हो । 

आगामी वैशाख १५ गते इलाममा प्रतिनिधि सभा उपनिर्वाचन हुदैछ । 

सोमबार पार्टी मुख्यालय बालाजुमा बसेको पार्टी केन्द्रीय समिति बैठकले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भाग लिने तर प्रदेश सभामा बझाङ १ को उपनिर्वाचनमा भने पार्टीले भाग नलिने निर्णय गरिएको पार्टीका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए ।

पूर्व प्रतिनिधि सभा सांसद सुभाष नेम्बाङको निधन भएपछि सो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ