arrow

रास्वपा केन्द्रीय समिति बैठक भरतपुरमा बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
rsp-office-rastriya-swatant.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले केन्द्रीय समितिको बैठक आह्वान गरेका छन् । 

सभापति लामिछानले बैठक आज (शनिबार) दिउँसो १ बजे चितवनको भरतपुरस्थित होटेलमा बस्ने गरी आह्वान गरेका हुन् ।

चितवनको भरतपुरमै असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक बस्न लागेको हो ।

आजको बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको व्यवस्थापनका विषयमा छलफल हुने कार्यसूची छ ।

यसैगरी, महाधिवेशनमा प्रस्तुत प्रतिवेदका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत छलफल हुने कार्यसूची तय भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ