arrow

बेइमानीको राजनीति धेरै समय टिक्दैन - शशांक कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
sasank-11-19.jpg

नवलपरासी।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशांक कोइरालाले बेइमानीको राजनीति धेरै समय नटिक्ने बताएका छन् । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पिठौलीमा सोमबार आयोजित कार्यक्रममा उनले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाए । 

“केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु राम्रो हो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन,” नेता कोइरालाले भने ।

गठबन्धनबाट मुक्त भएको कांग्रेसले अब पार्टी सङ्गठन बनाउन र पार्टीभित्रका फरक विचार समूहका साथीहरूसँग मिलेर अगाडि बढ्ने अवसर प्राप्त भएको उनको भनाइ थियो ।
 



लोकप्रिय समाचार
नयाँ