arrow

राप्रपा सत्ता केन्द्रित चलखेलमा सहभागी हुँदैन- राजेन्द्र लिङ्देन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
rajendra-lingden-11-30.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता केन्द्रित चलखेलमा आफ्नो पार्टी सहभागी नहुने स्पष्ट पारेका छन् । स्वार्थहरूको गठजोडबाट बनेको सत्तारुढ गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने उनको भनाई थियो । 

बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वास मत सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले सत्ता केन्द्रित नयाँ सत्तासमिकरण भएकाले यसले आफूलाई देश र जनताको पक्षमा नभई आफ्नो सुरक्षा कबजको रूपमा प्रयोग गर्ने जिकिर समेत गरे । उनले सत्तारुढ गठबन्धनले प्रस्तुत गरेको ७ बूँदे सम्झौता देश र जनताको हितमा नरहेको पनि बताए ।

अध्यक्ष लिङ्देनले भने,‘जतिसुकै सिद्धान्त र दर्शनको लेप लगाए पनि अहिले भएको सत्ता हेरफेर भनेको स्वार्थको गठजोड हो । स्वार्थ मिले टाँसिने, नमिले छुट्टिने । त्यो सत्ता निर्माण हुँदा खेरी बनेको ७ बुँदै, ८ बुँदे सहमति हेर्दा पनि त्यही देखिन्छ । देशलाई, जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर यो सरकार बनेको होइन । सत्ताको भागबण्डा, अनि कसले केके बाट सुरक्षित हुनुपर्ने हो ? यो सत्तालाई आफ्नो सुरक्षा कबजको रूपमा प्रयोग गर्ने उद्देश्यद्वारा यो गठबन्धन निर्माण भएको हो । यसमा केही धेरै भनिराख्नु पर्दैन । त्यो परिमार्जित ७ बुँदा होस वा ८ बुँदा होस् । त्यसले छर्लङ्ग पार्छ । त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रारम्भमा पनि भनी सकेको छ– यो सत्ता केन्द्रित चलखेलमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुँदैन । र यो सत्ता केन्द्रित र मैले अगाडि भनेका विषयहरूमा केन्द्रित गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ