arrow

धितोपत्रले सरोकारवालासँग माग्यो पूँजीबजार सुधार सम्बन्धी राय

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
dhitopatra-bord.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पूँजी बजार सुधारका लागि सरोकारवालाहरुसँग सुझाव मागेको छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले सुझाव मागेको हो । 

बोर्डको सूचनामा अर्थमन्त्री वर्षमान पुनबाट पूँजी बजारको सुधारको सन्दर्भमा चासो राख्दै यसका लागि तत्काल सुधार गर्नुपर्ने विषयबारे सुझाव माग भएको सन्दर्भमा कार्यान्वयनयोग्य सुझाव उपलब्ध गराउन भनिएको छ । 

सुझावका लागि दुई दिनको समय दिइएको छ । त्यो समयभित्र बोर्डको ईमेलमा सुझाव पठाउन सक्ने बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले मन्त्रालयमा सुझाव पठाउनुअघि सरोकारवालाको चासोबारे जानकारी लिन राय माग गरिएको बताए ।

अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा आइतबार अर्थ मन्त्रालयले बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र पठाउँदै एक साताभित्र यस्तो कार्ययोजना पेश गर्न निर्देशन दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ