arrow

काठमाडौँमा सहकारी पीडितहरूको प्रदर्शन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
sahakari-pidit-aandolan.jpg

काठमाडौँ । सहकारी पीडितहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार काठमाडौं उपत्यकाका विभिन्न स्थनबबाट र्‍याली निकाली भृकुटीमण्डपमा कोण सभामा परिणत भई उनीहरूले बचतकर्ताहरूको रकम ठग्नेहरुलाई कारबाहीको माग राख्दै विरोध प्रदर्शन गरेका हुन् । 

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानमा आबद्ध उनीहरूले पीडितलाई न्याय दे, बचत गरेको रकम फिर्ता गर् लगायतका नारा र प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका छन् । 

उनीहरूले प्रदर्शनी मार्गमा धर्ना दिएर विरोध जनाएका थिए । उनीहरूले सरकारबिरुघ विभिन्न नाराबाजी लगाएका थिए । 

ठगी गरेका सहकारी सञ्चालकहरूलाई कारबाहीको माग गर्दै देशभरका सहकारी पीडितहरू काठमाडौँमा भेला भई केही दिन यता विरोध प्रदर्शन गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ