arrow

डेपुटी गभर्नर ढुंगानामाथि दुर्व्यवहार गर्ने राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ५ सोमबार
nilam-dhungana-thaneshwor-a.jpg

काठमाडौँ । डेपुटी गभर्नर नीलम ढुंगानामाथि दुर्व्यवहार गर्ने नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्तीमा परेका छन् । जनशक्ति व्यवस्थापन विभागको सिफारिसमा गभर्नर महाप्रसाद अधिकारीले सोमबार उनलाई बर्खास्त गर्ने निर्णय गरेको विभागमा कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीले जानकारी दिए । 

केही समय अगाडि नगरकोटको एक रिसोर्टमा भएको कार्यक्रममा आचार्यले ढुंगानामाथि दुर्व्यवहार गरेका थिए । सो घटनापछि उनलाई निलम्बन गरी छानबिन समिति बनाइएको थियो । 

समितिले आचार्यमाथि प्रष्टीकरण सोधिएको थियो । जवाफ चित्तबुझ्दो नभएको भन्दै उनलाई सेवाबाट हटाउन सिफारिस गरिएको र त्यही अनुसार गर्भनरले निर्णय गरेको कार्यकारी निर्देशक अधिकारीले बताए । 

‘उहाँमाथि छानबिन भएर प्रष्टीकरण सोधेर चित्तबुझ्दो नभएपछि सेवाबाट हटाउने निर्णय भएको हो’ क्षेत्रीले भने, ‘ कर्मचारी सम्बन्धी हाम्रो विनियमावली अनुसार जनशक्ति विभागले सिफारिस गर्यो, गभर्नरको स्तरबाट निर्णय भएको हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ