arrow

रविलाई बचाउँदै प्रचण्डले यसो भने संसदमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार
prachanda-80-12-05a.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा सहकारीको संचालक समितिमा नदेखिएको, अदालतमा विचाराधीन मुद्दामा पनि सहभागी नभेटिएको उनले दाबी गरेका हुन् । 

सूर्यदर्शन सहकारीबारे १९ जनामध्ये ४ जना पक्राउ परेका र बाँकीको खोजी भइरहेको भन्दै यो सहकारीमा रविको कुनै दोष नदेखिएको उनको दाबी छ । 

प्रधानमन्त्री प्रचण्डले आफैँले छानबिनसमेत गरेको बताएका छन् । उनले कुनै पनि प्रमाण जाहेरीमा पेश नगरिएको पनि बताएका छन् । 

रविको नाममा भनिएको ऋण फर्छ्यौट भइसकेको समेत उनको दाबी छ । त्यतिबेला नेपाली कांग्रेससमेत रहेको भन्दै उनले त्यो विषय त्यतिबेलाको भएको भन्दै अहिले रवि गृहमन्त्री भएपछि कांग्रेसले संसदमा बखेडा निकाल्नु कत्तिको जायज हो भनी प्रश्न गरेका छन् । 

यद्यपि प्रचण्डले सुशासनमा कुनै पनि कसर बाँकी नराख्ने बताए । मुद्दा बुझाइसक्दासमेत रविका बारेमा उजुरी केही नपरेको बताएका छन् । तर ठाडो उजुरी दिनासाथ राजीनामा दिनुपर्ने भए त यस्ता ठाडा उजुरी जसका नाममा पनि पर्न सक्ने प्रचण्डको दाबी छ । 

रविका बारेमा कांग्रेसले अनावश्यक राजनीतिकरण गर्नुभन्दा देशका विद्यमान अन्य समस्याका बारेमा संसदमा ल्याउन आग्रहसमेत गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ