arrow

आगामी वर्षको बजेटलाई बाहुबली विनियोजन विधेयक राखे हुन्छ- अमरेश सिंह [भिडियो]

बहुबली नेताको क्षेत्रमा २ अर्ब ४ अर्ब बजेट जान्छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
amresh-singh-new.jpg

काठमाडौँ । सांसद डा. अमरेशकुमार सिंहले आगामी वर्षको बजेटलाई बाहुबली विनियोजन विधेयक राख्न सुझाव दिएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफलमा भाग लिँदै सांसद सिंहले यस्तो सुझाव दिएका हुन्। 

उनले सरकारले आगामी वर्षको बजेटलाई बहुबली बजेटका रूपमा प्रस्तुत गरे हुने टिप्पणी गरे । उनले ठुला नेताहरूको क्षेत्रमा धेरै बजेट राखेर बजेट आउने गरेकाले बहुबली विनियोजन विधेयक राख्दा हुने बताए । उनले ठुला नेताको क्षेत्र केन्द्रित २ देखि ४ अर्ब रुपैयाँको बजेट छुट्याएर बजेट आउने गरेकाले मुलुकको विकास हुन नसकेको बताए । 

उनले अब सबै नेताहरूले अब देश बिग्रन नदिने अठोट गर्न आवश्यक रहेको बताए । उनले सरकारले बजेट ठुला नेता भएको आधारमा भन्दा पनि आवश्यकताका आधारमा विनियोजन हुन आवश्यक रहेको उल्लेख गरे । उनले परियोजना बैङ्कको आधारमा बजेट विनियोजनमा जोड दिनुपर्ने बताए । उनले मुलुक अहिलेसम्म पछाडि पर्नुको कारण उचित ठाउँमा लगानी नहुनु रहेको दाबी गरे । सांसद सिंहले लगानीको प्रतिफल आउन नसकेको बताए ।

उनले भने,‘आगामी वर्षको बजेटमा बहुबली बजेट राख्न छुटाएको छ । बाहुबली विनियोजन विधेयक राख्नुपर्छ । बहुबली नेताहरू छन् । उनीहरूको क्षेत्रमा २ अर्ब ४ अर्ब बजेट जान्छ । त्यसले देश विकास हुन सकेन । नेतालाई गाली गर्न उभिएको होइन । हामीले एउटा अठोट गरौँ । आजसम्म देश बिग्रियो अव देश बिग्रिन नदिने । कानूनी शासनको मान्यता होस् । बजेट आवश्यकताको आधारमा विनियोजन होस् । परियोजना बैङ्कको आधारमा बजेट विनियोजन गरौँ । ठुलो नेताको आधारमा २ अर्ब बजेट राख्नै प¥यो । अहिलेसम्म देश पछाडि पर्नुको कारण अहिलेसम्म उचित ठाउँमा लगानी भएन । लगानीको प्रतिफल आउन सकेन । दिन प्रतिदिन सरकारमाथि नेपालीहरूको विश्वास गुमेको छ । बजेटको प्राथमिकता उचित ठाउँमा भएको भए प्रतिफल प्राप्त हुने थियो । त्यो प्रतिफल आउन सकेको छैन । कृषिको प्रतिफल आउन सकेको छैन । त्यो बिचौलियालाई हुन्छ । कृषिमा एनजीको आवश्यकता छैन ।’ 

उनले बजेटको प्राथमिकता उचित ठाउँमा भएको भए प्रतिफल प्राप्त हुने बताए । उनले कृषिको प्रतिफल समेत आउन नसकेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ