arrow

बैंकिङ क्षेत्रमा कोटा प्रणाली, शुरुआत सञ्चालक समितिबाट

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
nepal-rastra-bank.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामासमेत कोटा प्रणालीले प्रवेश पाउने भएको छ । हालसम्म हरेक नियुक्तिमा खुला व्यवस्था रहँदै आएको यो क्षेत्रमा कोटाको व्यवस्था थालिएको हो । 

बिहीबार संसदमा दर्ता भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन संशोधन विधेयकमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिमा महिला कोटाको व्यवस्था गरिएको हो । यसअनुसार सञ्चालक समितिमा दुई जना स्वतन्त्र सञ्चालकमध्ये एक जना महिला हुनु पर्नेछ । 

अहिले बैंक तथा वित्तीय संस्थामा एक जना मात्रै स्वतन्त्र सञ्चालक रहने व्यवस्था छ । अब यसलाई बढाएर दुई पुर्याइएको छ । त्यसमध्ये एकजना महिला हुनुपर्ने संशोधन प्रस्तावमा उल्लेख गरिएको छ । 

अहिले पनि सरकारी स्वामित्वको बैंकमा हुने नियुक्तिमा सरकारी नियुक्तिसरह आरक्षणको व्यवस्था गरिएको छ । तर निजी क्षेत्रबाट सञ्चालित बैंकहरुले भने आरक्षण दिने गरेका छैनन् ।

सञ्चालक समितिमा त अहिलेसम्म कुनै पनि क्षेत्रका बैंकहरुमा आरक्षणको व्यवस्था छैन । पहिलो पटक राष्ट्र बैंकले सञ्चालक समितिका महिला आरक्षणको व्यवस्था गरिएको हो ।

संसदमा दर्ता भएको उक्त विधेयक दुवै संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि मात्रै लागू हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ