arrow

गगन थापाको संवाद यात्रा बिहीबारदेखि निरन्तर

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
gagan-thapa-sambad-2080-10-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवाद यात्रा पुनः शुरु गर्ने भएका छन् । यसअघिमाघ १३ गते मेची पुलबाट शुरु गरेको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जसम्म पुगेर रोकिएको थियो ।

महामन्त्री थापाले संवाद यात्राको शृङ्खला नवलपरासीको गोपीगञ्जबाट नै शुरु गर्ने जानकारी दिएका छन् । उनी चैत्र १५ ,१६ र १७ गते नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा पुग्ने भएका छन् । 

महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरुका समस्याहरु सुन्ने गरेका छन् । यसअघि पनि उनले स्थानीयका गुनासा सुनेका थिए । 

उनले आफूले बोल्ने भन्दा पनि सुन्ने र ती समस्यालाई सम्बोधन गर्न पहल गर्ने बताउँदै आएका छन् । 

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महामन्त्री थापाले पाँच जिल्लाको मार्गमा जोडिएका वडाहरुको वस्तुस्थिति र बाटोको अवस्था बुझेर आउने भनेर गएको बताएका छन् । 

उनले कांग्रेसको समुदायमा कांग्रेस अभियान भने यो महिनामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले तय गर्ने बताएका छन् । 

गत माघ २२ गते नै रोकिएको उक्त अभियान फेरि चालु हुन सकेको छैन । 

त्यतिबेला कांग्रेस सत्तामा भए पनि अहिले सत्ता बाहिर भएपछि फेरि अभियानलाई कसरी अगाडि बढाउने भन्ने योजना कांग्रेसले बनाउन सकेको छैन । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ