arrow

स्थानीय तहलाई ६३ करोड समानीकरण अनुदान

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
parbat-map-new.jpeg
तस्बिर-फाइल

पर्वत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि पर्वतका स्थानीय तहलाई रु. ६३ करोड ७१ लाख अनुदान पठाउन सरकारलाई सिफारिस गरेको छ ।

नेपाल सरकारबाट हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान रकम स्थानीय तहले आफैँ बजेट बनाएर प्राथमिकताका आधारमा खर्च गर्न सक्नेछन् ।

अनुदान सिफारिस गर्दा न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदान गरेर तीनवटा शीर्षकमा विभाजन गरिएको आयोगले जनाएको छ ।

पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकामध्ये सबैभन्दा धेरै कुश्मा नगरपालिकाले पाउने भएको छ । कुश्मा नगरपालिकाले रु. १२ करोड ६६ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको हो । न्यूनतम अनुदान तीन करोड ५० लाख, सूत्रमा आधारित अनुदान आठ करोड ८० लाख र कार्यसम्पादनमा आधारित अनुदान रु. ३६ लाख पाउने भएका छन् ।

त्यसैगरी, मोदी गाउँपालिकाले नौ करोड ६ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ जसमा न्यूनतम अनुदान तीन करोड, सूत्रमा आधारित अनुदान पाँच करोड ६१ लाख र कार्यसम्पादनमा आधारित अनुदान रु. ४५ लाख छ ।

जलजला गाउँपालिकाले नौ करोड ३८ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ । पालिकाले न्यूनतम अनुदान तीन करोड २५ लाख, सूत्रमा आधारित अनुदान पाँच करोड ६८ लाख र कार्यसम्पादनमा आधारित अनुदान रु. ५४ लाख पाउने छन् ।

फलेवास नगरपालिकाले नौ करोड ८७ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ । नगरले न्यूनतम अनुदान तीन करोड २५ लाख, सूत्रमा आधारित अनुदान रु. ६ करोड २२ लाख र कार्यसम्पादनमा आधारित अनुदान रु. ३१ लाख पाउने भएको छ ।

महाशिला गाउँपालिकाले सात करोड ११ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ । महाशिलाले न्यूनतम अनुदान दुई करोड रु. ७५ लाख, सूत्रमा आधारित अनुदान तीन करोड ७५ लाख र कार्यसम्पादनमा आधारित अनुदान रु. ६१ लाख पाउने भएको छ ।

यसैगरी, बिहादी गाउँपालिकाले सात करोड ६४ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ । बिहादीले न्यूनतम अनुदान तीन करोड, सूत्रमा आधारित अनुदान चार करोड १४ लाख र कार्यसम्पादनमा आधारित अनुदान रु. ५० लाख पाउने छ । पैयूँ गाउँपालिकाले आठ करोड आठ लाख वित्तीय समानीकरण अनुदान रकम पाउने भएको छ ।

पैयूँले न्यूनतम अनुदान रु तीन करोड, सूत्रमा आधारित अनुदान चार करोड ५७ लाख र कार्यसम्पादनमा आधारित अनुदान रु. ५१ लाख पाउने भएको छ ।

अनुदानसँगै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि निर्धारण गर्ने बजेट वृद्धि हुने भएको छ । सङ्घीय सञ्चित कोषबाट सरकारले प्रदेश र स्थानीय तहलाई उनीहरुको खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यस्तो अनुदान तय गरी सिफारिस गर्ने जिम्मेवारी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ