arrow

पार्टीको सहकारी र आदिवासी जनजाति विभागमा १०–१० सदस्य थपे देउवाले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
congress-party-office-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सहकारी विभाग र आदिवासी जनजाति विभागका सदस्य मनोनयन गरेका छन् । 

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले पार्टीको विधान बमोजिम सहकारी र आदिवासी जनजाती विभागमा १०–१० जना सदस्य मनोनित गरेका हुन् ।

कांग्रेसको सहकारी विभागमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल प्रमुख रहेका छन् । 

सहकारी विभागमा मनोनित सदस्यहरु 
१। भानुभक्त ढकाल, बागमती प्रदेश
२। चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेश
३। डिल्लीराम तिवारी, गण्डकी प्रदेश
४। राजेन्द्र पौडेल, बागमती प्रदेश
५। गोमा नेपाल, कोशी प्रदेश
६। पदम दाहाल, कर्णाली प्रदेश
७। विश्वप्रकाश पौडेल, सुदूरपश्चिम प्रदेश
८। शम्भु घिमिरे, बागमती प्रदेश
९। नवराज न्यौपाने, लुम्बिनी प्रदेश
१०। कृष्ण खनाल, कोशी प्रदेश 

त्यसैगरी केन्द्रीय सदस्य दिलमान पाख्रिन आदिवासी जनजाति विभागको प्रमुख रहेका छन् ।

आदिवासी जनजाति विभागमा मनोनित सदस्यहरु 

१। नगेन्द्रकुमार कुमाल, इलाम
२। रेशमबहादुर गुरुङ, गोरखा
३। आनन्दसन्तोषी राई, धनकुटा
४। आङपासाङ शेर्पा, दोलखा, 
५। चन्द्रकुमार आङ्दम्वे, पाँचथर
६। सलाम सिंह तामाङ, काभ्रेपलाञ्चोक
७। थममाया छन्त्याल, बाग्लुङ
८। रमेश जिमी, संखुवासभा
९। धनबहादुर श्रेष्ठ, काठमाडौं
१०। कृष्ण घिसिङ, रामेछाप



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ