arrow

कांग्रेस सच्चिए ८४ को चुनावमा बहुमत, उम्मेदवारलाई तीन महिने कोर्ष : गगन थापा

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०८० चैत १७ शनिबार
gagan-thapa-80-12-16.jpg

कपिलवस्तु । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सच्चिएको खण्डमा २०८४ को निर्वाचनमा बहुमत आउने बताएका छन् । विगतमा कांग्रेसलाई जनताले दिएको मतको सदुपयोग गर्न नसकेको बताउँदै अब जुनसुकै हालतमा भए पनि कांग्रेस एक हुनुपर्नेमा जोड दिए । 

दोस्रो चरणको संवाद कार्यक्रम अन्तर्गत कपिलवस्तुमा कार्यकर्ताका गुनासो सुन्दै देशलाई सही बाटोमा कांग्रेसले मात्र लैजान सक्ने भएकोले यसैमा सबै लाग्नुपर्ने नेता थापाले बताए ।

थापाले अब आउने निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरुलाई रुख बाहेक अन्य चिन्हमा भोट हाल्नु नपर्ने बताए । सरकारमा रहँदा पनि विसङ्गति तथा भ्रष्टाचारको विषयमा छानबिन गर्नुपर्ने आवाज उठाएको स्मरण गर्दै अहिले पनि छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने जिकिर गरे ।

अभियानका क्रममा धेरै नागरिकले युवाहरू वैदेशिक रोजगारीप्रति चिन्तित रहेको पाएकोले कांग्रेसले सरकार बाहिर रहे पनि युवालाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्ने बताए ।

उनले अबको निर्वाचनमा उम्मेदवार टुंगो लगाउने जिम्मेवारी स्थानीयलाई दिने योजना रहेको  बताए । 

उनले निर्वाचन क्षेत्रका नागरिकहरूले जसलाई उपयुक्त ठान्छन् उसैलाई टिकट दिनुपर्ने जिकिर गरे । 

उम्मेदवारहरूलाई ३ महिने कोर्ससमेत कांग्रेसले सञ्चालन गर्ने थापाले बताए । जिल्लाको लबनी, तौलिहवा, महाराजगज, बहादुरगञ्ज र शिबराजमा संवाद अभियान सम्पन्न भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ