arrow

छानबिन समिति बन्दैन भन्ने कांग्रेसलाई राम्रोसँग थाहा छ- रास्वपा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
santosh-pariyar-new.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापति तथा सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि नेपाली कांग्रेसले मिथ्या आरोप लगाएको बताएका छन् । आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताउनुभएको हो । उनले नेपाली कांग्रेसलाई संसदीय छानिबन समिति बन्दैन भन्ने जानकारी हुँदाहुँदै पनि संसद्मा अवरोध झिक्ने काम गरिरहेको बताए । 

उनले गृहमन्त्री लामिछानेमाथिका प्रश्नको जवाफ दिन कांग्रेसले संसद्मा मौका दिनुपर्ने बताए । उनले सबैभन्दा बलियो मत दिएर जिताएको व्यक्तिमाथि मिथ्या आरोपका भरमा कांग्रेसले राजनीतिक, सांस्कृतिक अधिकारलाई सङ्कुचित गर्नु नहुने बताए । उनले गृहमन्त्रीमाथि छानबिन समिति बनाइरहनुपर्ने आवश्यकता नरहेको जिकिर गरे ।

उनले भने, ‘हामीले यो मुद्दा उठेको दिनदेखि भनेका छौँ की, जुन प्रश्न उठेको छ, त्यसको जवाफ यो हाम्रो व्यवस्थाको क्याबिनेटको प्रमुखका हिसाबमा सम्माननीय प्रधानमन्त्रीज्युले एउटा जवाफ दिइसक्नुभएको छ । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि जुन प्रश्न उठ्यो । त्यो प्रश्नको जवाफ दिन गृहमन्त्री तयार हुनुहुन्छ । त्यो मौका उहाँले दिनुपर्छ । जहाँसम्म समितिको कुरा छ, यो मिथ्या आरोपको भरमा एउटा व्यक्तिलाई जो सबैभन्दा बलियो जनमत लिएर आएको छ, जो यो देशको प्रमुख पार्टीहरूमध्ये एउटा शीर्षस्थ नेता हो । त्यो मिथ्या आरोपका भरमा उसका राजनीतिक, सांस्कृतिक अधिकारलाई सङ्कुचित गर्नु हुँदैन । हामी समिति बनाउँदैनौँ भन्ने कुरा नेपाली कांग्रेसलाई स्पष्टसँग थाहा छ । यो समिति बनाइराख्नुपर्ने कुरा भएन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ