arrow

आगलागीबाट ५० लाखको क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
aaglagi-dhading-picby-rajaram-sharma.jpg
तस्बिर-फाइल

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-३ मा भएको आगलागीबाट रु ५० लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीय कादिर मियाँको घरबाट विद्युत् सर्ट भई आगलागी हुँदा मियाँका साथै उनका बुबा महम्मद अन्सारी र दाई अबुल कलाम, छिमेकी रसिद अन्सारी, इरफान अन्सारी, समला बानो अन्सारी, आरिफ अन्सारी, इस्माइल अन्सारी, समिउल्लाह अन्सारी र जैनुदिन अन्सारीको घर जलेर नष्ट भएको कोशी-३ का वडाध्यक्ष सुलेमान मञ्सुरीले जानकारी दिए ।

आगलागीबाट नगदसहित, धान, गहुँ, चामल, गरगहना, लत्ताकपडा, चौपायालगायतको क्षति भएको उनले बताए ।

कोशी गाउँपालिका, इनरुवा, रामधुनी र इटहरीको बारुणयन्त्र, स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ