arrow

सञ्चालक समितिको मिलेमतोमा एकै दिन सहकारीको मुख्य कार्यालय र शाखामा चोरीको शंका 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
janabhawana-sahakari.jpg

लेटाङ । मोरङको लेटाङ नगरपालिका—२ मा रहेको एकीकृत जनभावना वचत तथा ऋण सहकारीको मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा एकैपटक चोरी भएपछि शेयर सदस्यहरुले गम्भीर आपत्ति जनाएका छन् ।

एकैपटक मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा आर्चश्यजनक तरिकाले चोरी भएको महिनौँ बितिसक्दा पनि छानबिन नभएको भन्दै शेयर सदस्यहरुले गम्ँभीर आपत्ति जनाएका हुन् । 

शेयर सदस्य तथा स्थानीय संघ संस्थाले गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्यतत्य छानबिनका लागि सहकारीको सञ्चालक समितिलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । 

गत फागुन १५ गते सहकारीको करिब १३ लाख चोरी भएको थियो ।  ‘एकीकृत जनभावना सहकारी मोरङको दोस्रो ठूलो सहकारी हुनु आफैँमा गौरवको कुरा हो’, ज्ञापन पत्रमा भनिएको छ, ‘सहकारी ऐन र मूल्य र मान्यतामा सहकारी नचल्नुमा हाम्रो आपत्ति छ ।’ 

ठकुरी समाज महासंघका अध्यक्ष तथा शेयर सदस्य महेन्द्र ठकुरीले घटनालाई सञ्चालक समितिले मिलेमतो र राजनितिक आडमा सामसुम पार्ने खेल गरिरहेको बताए ।  उनले सत्यतथ्य घटना बाहिर नल्याए दुर्घटनाको स्थिति निम्तिने उल्लेख गरे । 

शेयर सदस्यहरुले घटनाबारे सोधखोज गरे सञ्चालक समिति गैह्र जिम्मेवारीपन देखाउँदै सीसीटीभी फुटेज गायब पारिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ