arrow

सहकारी दिवसकै दिन झापामा दुई सहकारी लुटिए 

logo
युवराज रेग्मी,  
प्रकाशित २०८० चैत २१ बुधबार
sahakari-chori-jhapa.jpg

झापा । झापाका सहकारी संस्थाहरुमा तोडफोड र चोरी हुनेक्रम रोकिएको छैन । मंगलबार राष्ट्रिय सहकारी दिवसकै दिन झापाको गौरादह नगरपालिकाका  दुई वटा सहकारी लुटिएका छन् ।

मंगलबार राति गौरादह नगरपालिका वडा न  ५ स्कूलचौन बजारमा रहेको जनहित सहकारीमा कार्यालय फोडेर चोरी भएको प्रहरीले जनाएको छ । त्यस्तै सोही वडाको चप्रामारीमा रहेको महारानी झोडा सहकारीमा पनि गएराति नै चोरी भएको जनाइएको छ ।

इलाका  प्रहरी कार्यालय दमकले घटनाबारे जानकारी प्राप्त भए लगत्तै चोरीमा संलग्नहरुको खोजीकार्यका लागि प्रहरी टोली परिचालन गरिएको  जनाएको छ ।

पछिल्लो समय झापामा सहकारी लुटपाटको घटना बढ्दै गएको छ । गत चैत ५ गते राति गौरादह नगरपालिका वडा न ए ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रबाट करिब १२ लाख नगद र सरसामान चोरी भएको थियो ।

त्यस्तै केही दिनअघि हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको हल्दिवारी गाउँपालिकाको मंगलवारेमा रहेको शाखामा चोरी गर्ने प्रयास भएको थियो । 
त्यस्तै कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४, साना किसान कृषि सहकारी संस्था हल्दिवारी ४, एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारीलगायतका संस्थामा चोरी र तोडफोडका घटना भएका थिए ।

गत फागुन १० गते जिल्लाका विभिन्न सहकारी संस्थाहरुमा लगातार भइरहेको चोरी र तोडफोडको घटनाप्रति झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गराएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ