arrow

प्रतिनिधि सभा बैठक जारी, गृहमन्त्रीबारे संसदीय छानबिन समिति माग [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २१ बुधबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बसेको छ । आजको बैठकको शुरुआतमै बोल्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेको सहकारी छानबिन गर्नका लागि संसदीय छानबिन समिति बनाउने मागबाट तलमाथि नहुने बताए । 

उनले कांग्रेसले आफ्नो मात्र नभइ देशभरका हजारौँ सहकारी पीडितको बोलीसमेत बोलिरहेको बताए । अब आउँदा सरकारले संसदीय छानबिन समिति बनाएको घोषणा गरेरमात्र जवाफ देओस् भन्दै महामन्त्री शर्माले सरकारलाई चुनौती पनि दिएका छन् । 

उनले कांग्रेसले सत्ताका लागि सेटिङ गरिरहेको र अब रविको मागबाट पछि हटेको भन्ने भ्रम छर्न खोजिएको भन्दै कांग्रेस पार्टीले कुनै पनि अन्य निर्णय नगरेकाले कांग्रेस गृहमन्त्रीबारे छानबिन गर्न समिति गठनकै माग गरिरहेको स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ