arrow

वाइडबडी खरिदमा डेढ अर्बको भ्रष्टाचार, आठ विदेशीसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २२ बिहिबार
special-court-12-22.jpg

काठमाडौँ । वाइडबडी विमान खरिद प्रकरणमा करिब डेढ अर्ब भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

बिहीबार आयोगले विशेष अदालतमा पुगेर पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसकार, पूर्वपर्यटन सचिव शंकरप्रसाद अधिकारीसहितका ३२ जनलाई प्रतिवादी बनाई आरोप पत्र दर्ता गराएको हो । 

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले ए ३३०-२०० विमान खरिदमा भएको अनियमितताका सम्बन्धमा आरोप पत्र दर्ता भएको बताए । उनले ३२ जना प्रतिवादी बनाइ मुद्दा दर्ता भएको बताए । जसमा २४ जना नेपाली र ८ जना विदेशी रहेको बताए । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा बिगो माग दाबीसहित आरोप पत्र दर्ता गराएको बताए ।

उनले भने, ‘आज नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दर्ता गरेको छ । ए ३३०-२०० विमान खरिदमा भएको अनियमितताका सम्बन्धमा आरोप पत्र दर्ता भएको छ । यसमा ३२ जना प्रतिवादी हुनुहुन्छ । २४ जना नेपालीसहित ८ जना विदेशी गरी ३२ जना प्रतिवादीहरू विरुद्ध आरोप पत्र दर्ता भएको छ । यसको सबै प्रतिवादीहरूलाई समान बिगो कायम गरिएको छ । त्यसमा १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा बिगो माग दाबीसहित आरोप पत्र दर्ता भएको छ ।’

सूचना अधिकारी रेग्मीका अनुसार प्रतिवादी सबैलाई समान बिगो दाबी गरि मुद्दा दर्ता गरिएको छ । 



नयाँ