arrow

ठमेल-दबारमार्ग २४ सै घण्टा खुला गर्न सरोकारवाला निकायसँग छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
ministry-home-affairs.jpg

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ठमेल र दरबारमार्गमा रात्रिकालीन व्यवसाय सञ्चालन आमाको निन्द्रा जोगाउने र छोराको सपना पनि पूरा गर्ने गरी गर्ने लागेको दाबी गरेका छन् । शुक्रवार रात्रिकालीन व्यवसाय सञ्चालन सरोकारवाला निकायहरूसँगको छलफललाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । 

उनले सरकारले रात्रिकालीन व्यवसाय स्थानीय र व्यवासायीहरुको समस्या समाधान गरेर मात्रै सञ्चालन गरिने प्रतिबद्धता जनाए । गृहमन्त्री लामिछानेले आफू लोकतन्त्रमा विश्वास गर्ने भन्दै ठमेल र दरबार मार्गलाई २४ सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई वेबस्था गर्ने गरी नजाने बताए । उनले उनीहरूको समस्या समाधान नगरी धेरै मानिसहरूले भनेकै भरमा अगाडि बढ्नुपर्छ भन्ने पक्षमा आफू नभएको स्पष्ट पारे । 

स्थानीय र घरधनीको अधिकार सुरक्षित हुने गरी मात्रै अगाडि बढ्ने उनको भनाई छ । गृहमन्त्री लामिछानेले धेरै मानिसहरू सहमत भएका आधारमा बलिया धेरै भएका पक्षमा रहेर कम मत भएकाहरूको विचारलाई अवमूल्यन गरेर जाने पक्षमा सरकार नभएको बताए । उनले ठमेल र दरबारमार्ग अनौपचारिक रूपमा चल्नु र औपचारिक रूपमा चल्नु धेरै फरक हुने बताए । उनले २४ सै घण्टा शहर खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गको हुने बताए ।

 पूर्णरुपमा व्यवसायीक क्षेत्र नभएकाले स्थायी बसोबास गर्नेहरूको हक अधिकार मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने विश्वास व्यक्त गरे । उनले ठमेलको हकमा दुई वटा कुरा रहेको बताए । उनले व्यवसाय जोगाउनको लागि सरकारले यो कदम चालिएको धारणा व्यक्त गरे । उनले शहरमा राति पेट्रोल हाल्ने ठाउँ नभएको भन्दै काठमाडौं शहर त्यस्तो मृत शहर नभएको बताए ।

उनले भने,‘म लोकतन्त्रमा विश्वास गर्ने मान्छे हो । रात्रिकालीन व्यवसाय सञ्चालन गर्नुहुन्न भन्ने कम आवाज भएका साथीहरूको कुरा सुन्नुपर्छ भन्ने लाग्छ । उहाँहरुका समस्या समाधान नगरी धेरै मानिसहरूले भनेकै भरमा अगाडि बढ्नुपर्छ भन्ने कुरामा स्पष्ट छु । उहाँहरुले खोल्न दिँदैनौँ भन्नुभएको छैन । दिन्छौँ तर स्थानीय र घरधनीको अधिकार सुरक्षित बनोस् । त्यहाँ भएको आफ्नै किसिमको जीवन शैली छ । त्यसलाई पनि मध्यनजर राखियोस् भन्ने कुरा भनेको बुझेको छु । यी सबै कुराहरूलाई मध्यनजर राखेर मात्रै अगाडि बढिने सुनिश्चित दिलाउन चाहन्छु । धेरै मानिसहरू सहमत भएका आधारमा बलिया धेरै भएका पक्षमा अल्पसङ्ख्यक कम मत भएकाहरूको विचारलाई अबमूल्यान गरेर जाने पक्षमा सरकार छैन । त्यो लोकतन्त्रको चरित्र पनि होइन । ठमेल र दरबारमार्ग अनौपचारिक रूपमा चल्नु र औपचारिक रूपमा चल्नु धेरै फरक छ । २४ घण्टा शहर खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गको हुन्छ । पूर्णरुपमा व्यवसायीक क्षेत्र नभएकाले स्थायी बसोबास गर्नेहरूको हक अधिकार मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुन्छ । ठमेलको हकमा दुई वटा कुरा छन् । आमाको निन्द्रा र छोराको सपना । आमाको निन्द्रा र छोराको सपना पनि आयो । सरकारको प्रयास ठमेलमा रात्रिकालीन व्यवसाय आमाको निन्द्रा पनि जोगाउन र छोराको सपना पनि पूरा गर्ने हो । व्यवसाय जोगाउनको लागि सरकारले जोगाउन यो कदम चालिएको हो । शहरमा राति पेट्रोल हाल्ने ठाउँ थिएन । काठमाडौं शहर त्यस्तो मृत्यु शहर हो । जहाँ रातको समयमा पेट्रोल पनि हाल्न पाइँदैन । म आएपछि प्रहरीका पेट्रोल पम्प खुला गरेका छौं ।’

उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रहरी प्रशासनलाई ठमेल र दरबारमार्ग २४ घण्टा व्यापार व्यवसाय सञ्चालनमा आएपछि व्यवासायीहरुकोमा गएर खाना नखान निर्देशन दिए । उनले सल ढिलासम्म खोल्न पाउने वा अन्य कुनै बहानामा प्रहरी पोसाक लगाएका प्रहरी अफिसरहरू,कर्मचारीहरूलाई एक छाक पनि खुवाउनु नपर्ने बताए । उनले प्रहरीहरूले आफ्नै खाना खाने भन्दै प्रहरीहरूलाई खाना खुवाउने,राख्ने र उपहार दिने व्यवासायीहरुले गरे व्यवसायमा ताला लाग्ने चेतावनी दिए । उनले त्यो लोभ प्रहरीहरूले नराख्ने दाबी गरे । 

गृहमन्त्री लामिछानेले व्यवसायीहरूले प्रहरीसँग सम्बन्ध बढाउने काम गर्नु नपर्ने भन्दै व्यवसायको सुरक्षा प्रहरीले भन्दा पनि सुरक्षा नीतिले गर्ने बताए । गृह मन्त्रालयको नीति व्यवसायीहरूलाई सुरक्षित राखेर व्यवसाय गर्न दिने भएको दाबी थियो । उनले व्यवसायीहरूले कुनै प्रहरी अफिसरको चाकडी गर्नु नपर्ने भन्दै वर्तमान सरकार त्यो फेवर भन्दा माथि उठेर नयाँ प्रणाली स्थापित गर्न लागेको उल्लेख गरे । उनले सरकारको ध्यान श्रम गरिरहेका श्रमिकहरूको श्रम शोषण,महिला दिदी बहिनीहरू सुरक्षित छन् वा छैनन्, कम उमेरका बालबालिकाले त्यहाँ लागूपदार्थ दुर्व्यसनमा भए÷नभएको विषयमा ध्यान जाने बताए । उनले लागूपदार्थ दुर्व्यसनीको कार्य भएको पाइए प्रहरीलाई पसल व्यवसायमा सिल लगाउने अधिकार दिने बताए । उनले लागु औषधको अखडा,विभिन्न यौन हिंसा,महिलाहरू माथि दुर्व्यवहार भएको शहरको सरकारले परिकल्पना नगरेको बताए ।

उनले भने,‘प्रहरी प्रशासनलाई म स्पष्ट निर्देश के गर्न चाहन्छु भने पसल ढिलासम्म खोल्न पाउने वा अन्य कुनै बहानामा प्रहरी पोसाक लगाएका प्रहरी अफिसरहरू,कर्मचारीहरूलाई एक छाक पनि खुवाउनु पर्दैन । उहाँहरु आफ्नै खाना खानुहुन्छ । आफ्नै ढङ्गले आउनुहुन्छ । उहाँहरुलाई खुवाउने,राख्ने र उपहार दिने गरे भने तपाईँहरूको व्यवसायमा ताला लाग्न सक्छ । त्यो लोभ प्रहरीहरूले राख्ने छैनन् । व्यवसायीहरूले प्रहरीसँग सम्बन्ध बढाउने होइन । तपाईँहरूको सुरक्षा त्यहाँ बसेको प्रहरीले गर्ने होइन, सुरक्षा नीतिले गर्ने हो । गृह मन्त्रालयको नीति व्यवसायीहरूलाई सुरक्षित राखेर व्यवसाय गर्न दिने हो । नीतिले तपाईँलाई बचाउँछ । व्यवसायीहरूले कुनै प्रहरी अफिसरको चाकडी गर्नुपर्दैन । त्यो फेवर भन्दा माथि उठेर नयाँ प्रणाली स्थापित गर्नको लागि हामी आएका हौँ । सरकारको ध्यान श्रम गरिरहेका श्रमिकहरूको श्रम शोषण भएको छकी छैन भन्नेमा विशेष ध्यान जाने छ । त्यहाँ महिला दिदी बहिनीहरू सुरक्षित छन् की छैनन् । त्यहाँ हाम्रो ध्यान जानेछ । कम उमेरका बालबालिकाले त्यहाँ लागूपदार्थ गरिरहेका छनकी छैनन् त्यहाँ ध्यान जाने छ । त्यस्तो भयो भने पसल व्यवसायमा शिल लगाउने अधिकार दिन्छौँ । लागु औषधको अखडा,विभिन्न यौन हिंसा,महिलाहरू माथि दुर्व्यवहार भएको शहर हामीले परिकल्पना गरेको होइन । २४ घण्टा शहर खोल्नु भनेको रक्सी खाएर होहल्ला गर्नु भनेको होइन ।’

गृहमन्त्री लामिछानेले ठमेल लगायत देशभर भइरहेका गुण्डागर्दी रोक्ने योजनामा गृह मन्त्रालयले एक्सन पालन बनाइरहेको बताए । उनले प्रहरी प्रशासनलाई आज नै देशभर गुण्डागर्दी गर्नेहरूको नाम लिस्ट लिने बताए ।

गृहमन्त्री लामिछानेले ठमेल लगायत देशभर भइरहेका गुण्डागर्दी रोक्ने योजनामा गृह मन्त्रालयले एक्सन पालन बनाइरहेको बताए । उनले प्रहरी प्रशासनलाई आज नै देशभर गुण्डागर्दी गर्नेहरूको नाम लिस्ट लिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ