arrow

लगानीसम्बन्धी १२ कानून संशोधन गर्न अध्यादेश ल्याउने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २४ शनिबार
invest-2024.jpg

काठमाडौँ। लगानीसम्बन्धी १२ कानून संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरिएको छ। यही वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनअघि संशोधन गर्नुपर्ने १२ कानुनहरूलाई संशोधन गर्न अध्यादेश ल्याउन लागिएको हो। वीरगन्जमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले यस्तो जानकारी दिएका हुन्।

अर्थमन्त्री पुनले अहिलेसम्म संशोधनका लागि आवश्यक देखिएका ती कानुनहरू संशोधनका लागि अध्यादेश ल्याउन राजनीतिक सहमति खोजिने समेत प्रस्ट पारे। तर, लगानी सम्मेलनमार्फत लगानी आउने वातावरण जसरी पनि बनाउने उनको भनाइ छ। पुनले आन्तरिक लगानीका लागि पनि सरकारले व्यवसायीलाई प्रोत्साहन गरिने बताए।

अहिले संसद्को हिउँदे अधिवेशन चलिरहेको छ। बजेट अधिवेशन सुरु हुनुअघि केही समय अधिवेशन अन्त्य हुने व्यवस्था छ। सरकारले संसद् अन्त्य भएको बेला तत्कालीन अवस्थामा अध्यादेश ल्याउन सक्ने व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर अध्यादेश ल्याउने सरकारको तयारी देखिन्छ। यसरी आएको अध्यादेश ६० दिनभित्र सांसदबाट पारित भइसक्नुपर्ने कानुनी व्यवस्था छ।

कार्यक्रममा अर्थमन्त्री पुनले नेपालको बाह्य क्षेत्रको अवस्था सुदृढ भएको बताउँदै आन्तरिक बजार समेत बिस्तारै चलायमान हुँदै गइरहेको दाबी गरे। विदेशी मुद्राको सञ्चिति बढेको, महँगी घटेको, रेमिट्यान्स आप्रवाह बढेको तथा अवस्थामा आन्तरिक जार चलायमान बनाउन आफू आएपछि मात्रै ७० अर्ब बजारमा पठाएको र दायित्व भुक्तानी दिन सुरु गरिएको उनले बताए।

पछिल्लो समयको निर्यातमा मूल्य अभिवृद्धि कर प्रकरणलाई लक्षित गर्दै उनले सरकार निजी क्षेत्र र बजारलाई आतङ्कित गर्ने नीतिमा नरहेको स्पष्ट गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ