खेलाडी बन्ने वातावरण निर्माण भइरहेको छ- खेलकुदमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
2.8k
Shares
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अब क्रिकेट खेलाडी बन्ने वातावरण निर्माणका लागि आफूहरू लागि परेको बताएका छन् ।
मन्त्री श्रेष्ठले देशको विभिन्न शहरमा आधुनिक स्टेडियम बन्न सके अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेलहरू नेपालमै हुने प्रतिबद्धता आइसीसीले प्राप्त भएको जानकारी दिए ।
मन्त्री श्रेष्ठले निजी क्षेत्रको सहयोग नभए नेपाल खेलकुदको विकास सम्भव नभएको धारणा राखे ।