arrow

दुबईमा कन्सुलर खोल्न माग गर्दै एनआरएनएले बुझायो ज्ञापन पत्र

logo
रामकुमार परियार,
प्रकाशित २०८० चैत २५ आइतबार
narayan-kaji-uae-nrn.jpg

युएई। गैह्र आवासीय नेपाली सङ्घ (एनआरएनए) युएईले दुबईमा कन्सुलर खोल्न माग गर्दै परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ। पछिल्लो समय दुबईमा नेपालीहरूको सङ्ख्या अत्यधिक वृद्धि भयसँगै दूतावासबाट उपलब्ध हुने सेवाहरूको माग बढेको उल्लेख गर्दै दुबईमा कन्सुलर खोल्न माग गरिएको एनआरएनए युएईका अध्यक्ष विकास शाहीले बताए।

एनआरएनए एनसीसी युएईका महासचिव भुवन कुमार वाग्ले , सचिव अरुण अधिकारी र प्रेस संयोजक सुनिल खड्काले बिहीबार सिंहदरबार स्थित मन्त्रालय पुगेर ज्ञापन पत्र बुझाएका हुन।

ज्ञापन पत्र बुझ्दै परराष्ट्र मन्त्री श्रेष्ठले निकट भविष्यमै दुबईमा कन्सुलर खोल्न प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको बताइएको छ। एनआरएनएको टोलीले युएईमा आयोजना गर्न लागेको 'नेपाली फुड फेस्टिभल' का बारेमा समेत परराष्ट्रमन्त्रीलाई जानकारी गराएका छन्।

प्रधानमन्त्रीलाई बुझाइयो स्मरण पत्र
एनआरएनएको प्रतिनिधि मण्डलले शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेर दुबईमा कन्सुलर खोल्न माग गर्दै स्मरण पत्र समेत बुझाएको छ।

एनआरएनएले गएको डिसेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई समेत दुबईमा कन्सुलर खोल्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो। कोप सम्मेलनमा सहभागी हुन युएई आएका प्रधानमन्त्री प्रचण्डलाई दुबईमा नै एनआरएनएले ज्ञापन पत्र बुझाएको थियो। सोको स्मरण गराउँदै एनआरएनएले शुक्रवार स्मरण पत्र बुझाएको अध्यक्ष विकाश शाहीले जानकारी दिए।

दुबईमा कन्सुलर स्थापनाका लागि लामो समयदेखि पहल हुँदै आएको छ। नेपालबाट आउने हरेक सरकारी प्रतिनिधिलाई भेटेर युएईका संघसस्थाले कन्सुलर स्थापनाका लागि अनुरोध गर्दै आएको भए पनि अहिलेसम्म स्थापना हुन सकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ