arrow

राप्रपाको विरोध प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
rpp-nepal-80-12-01-(14).jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौं उपत्यकामा व्यवस्था परिवर्तनको माग राख्दै प्रदर्शन गर्दैछ । 

आज बिहान ११ बजेबाट काठमाडौँका विभिन्न स्थानबाट र्‍याली निकाल्ने र विरोध प्रदर्शन गर्ने तयारी राप्रपाको छ । साथै माइतीघर लगायतका सरकारले आन्दोलन गर्न निषेध गरेका निषेधित क्षेत्रहरू तोड्ने योजनामा राप्रपाले प्रदर्शन गर्ने तयारी गरेको छ । 

लोकतन्त्रमा आन्दोलन गर्न पाउने नागरिकको अधिकारलाई सरकार कुण्ठित गरेको भन्दै राप्रपाले निषेधित क्षेत्र आफूहरुलाई मान्य नहुने र शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी हस्तक्षेप भए स्वीकार्य नहुने बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ