arrow

देउवाको स्पष्ट सन्देश – सहकारीबाट लाखौँ मानिस ठगिएका छन्, पछि हट्नु हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
sherbahadur-deuba-80-12-27.jpg

काठमाडौँ । नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्धा उठाउने विषयमा पछि नहट्ने भएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन् । 

सभापति देउवाले धेरै जनता सहकारीबाट ठगिएको बताउदै यस मुद्धालाई यतिकै छोड्न नहुने बताएका हुन् । उनको भनाइलाई उदृत गर्दै एक नेताले भने, ‘लाखौँ जनता ठगिएका छन् । यो मुद्दालाई यतिकै छोड्नु हुँदैन । कानून पनि छ र उपलब्ध प्रमाणहरु गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न पर्याप्त छन् ।’

आजै बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणको मुद्धालाई झन् सशक्त रुपमा उठाउने निर्णय गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ