arrow

राप्रपाले संसदमा भन्यो – गृहमन्त्रीले राप्रपाको आन्दोलनलाई दमन गरे

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
gyanendra-shahi-80-12-28.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले मंगलबारको राप्रपाको आन्दोलनमा गृह मन्त्रालयको आदेशमा आफूमाथि पनि कुटपिट र कपडा च्यातिदिएको भन्दै १८ जना कार्यकर्ता घाइते बनाएको बताए । 

उनले आफ्नो पार्टीका नेता बुद्धिमान तामाङसमेत अहिले घाइते अवस्थामा नै संसदमा आएको बताए । उनले सरकारले दमन गरे पनि आफूहरुको आन्दोलन शान्तिपूर्ण हुनेसमेत जनाकारी दिए । 

उनले सहकारीमा लाखौँ पीडित भएको भन्दै छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ