- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरा महानगरपालिकाका इन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरीङ कन्सल्टेन्सीका सुरज कुँवर अख्तियारको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा प्रमुख आशमान तामाङका अनुसार उनीहरुलाई पोखरा महानगरपालिका वडा नं. ५ बाट पक्राउ गरिएको हो ।
सेवाग्राहीसँग एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।