arrow

कुमारी स्मार्टबाट मुद्धती खाता खोल्दा अतिरिक्त ब्याज पाइने र कर्जा लिँदा विशेष छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
kumari-bank-limited-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप “कुमारी स्मार्ट” मार्फत मुद्धती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउन सक्ने भएका छन् । साथै कुमारी स्मार्ट एप मार्फत आफ्नो मुद्धती खातामा भएको रकमबाट कर्जा लिँदा ०.२५ प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ । 

ग्राहकहरुको समयको महत्वलाई मध्यनजर गर्दै सो सेवा कुमारी स्मार्ट मार्फत घरमै बसेर संसारको जुनै कुनाबाट पनि तुरुन्तै लिन सकिने बैंकले जनाएको छ । यस्तो प्रकारको मुद्धती खाता खोल्नको लागि र मुद्धती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनै पनि किसिमको कागजी प्रकृयाहरु नचाहिने र मोबाइल बैंकिङ एप मार्फत् यो सुविधा चौबीसै घण्टा उपलब्ध रहने बैंकले विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुविधाहरु उपलब्ध गराउँदै आएको छ जसले नेपालको बैंकिङ तथा डिजिटल क्षेत्र प्रबर्धन गर्न ठुलो योगदान पुर्याएको छ । 

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ