arrow

कुमारी बैंकले ल्यायो ‘नयाँ वर्ष २०८१ जितौँ आईफोन १५ एक्कासी’ अफर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
kumari-offer-2081.jpg

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१ जितौँ आईफोन १५ एक्कासी’ चालु गरेको छ । 

यस अभियानअन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी पाँच सय रुपैयाँको टपअप र कुनै पनि एउटा डेटाप्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यु आईफोन १५ जित्न सक्नेछन् ।  

यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्न सक्ने बैंकले जनाएको छ । 

यो अभियानको अवधि बैशाख १ देखि बैशाख ३१ सम्म रहेको पनि बैंकले जानकारी दिएको छ । 

नेपाली वित्तीय बजारमा आधुनिक बैंकिङ सेवाहरू उपलब्ध गराउने उद्देश्यले कुमारी बैंक लिमिटेड २०५७ चैत २१ गतेबाट बैंकिङ कारोबार शुरु गर्दै नेपालको पन्ध्रौं वाणिज्य बैंकको रुपमा अस्तित्वमा आएको हो । 

कुमारी बैंक लिमिटेडले ३०२ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैंकिङ एकाइहरूसहित देशका विभिन्न सहरी, अर्धशहरी तथा ग्रामीण भेगमा अवस्थित ४१६ पोइन्टहरु मार्फत आधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ