arrow

खोजी निकासको

कांग्रेस र एमालेबीच सहकार्य आवश्यक छ – गगन थापा 

मुलुकमा राजनैनिक स्थायित्व दिन वर्तमान निर्वाचन प्रणाली बदल्न जरुरी

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
gagan-thapa-81-01-04z.jpg

कञ्चनपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा राजनैनिक स्थायित्व दिन वर्तमान निर्वाचन प्रणाली बदल्न जरुरी रहेको बताएका छन् ।

संवाद यात्राका क्रममा मंगलबार कञ्चनपुर पुगेका महामन्त्री थापाले भने, ‘अहिलेको निर्वाचन प्रणालीले राजनैतिक अस्थिरता बढेको छ । यो विषम परिस्थितिबाट देशलाई निकास दिन ठूला दल कांग्रेस र एमालेबीच संवाद गर्न जरुरी छ । स–साना दोकान बन्द गर्नुपर्यो ।’

कञ्चनपुरको पुनर्वासमा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेसले अब झुक्किएर पनि जीवनभर गठबन्धन गरेर चुनावमा जान हुन्न ।’

निर्वाचन पश्चात् सरकार निर्माणका बेला गठबन्धन सामान्य विषय भएको उनले बताए । 

जनतालाई दिगो विकास र विकासका लागि सहकार्य चाहिएको भन्दै महामन्त्री थापाले कांग्रेस एमालेबीच सहकार्यका लागि संवाद आवश्यक रहेकोमा जोड दिए । 

अहिले नागरिकहरुकाबीचमा समस्या रहेको भन्दै उनले त्यसको सम्बोधन आफूहरुले नै गर्नुपर्नेसमेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ