arrow

पाँच रुपैयाँ दरको एक अर्ब ७५ करोडको नोट छाप्न ग्लोबल टेन्डर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
nepal-rastra-bank-nrb-flag.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १ अर्ब ७५ करोड रुपैयाँ बराबरको नोट छाप्ने प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार उक्त कार्यको लागि ग्लोबल टेन्डर आह्वान गरेको हो ।  

आवेदनकर्ताले नेपाली रुपैयाँ, अमेरिकी डलर, युरो वा पाउण्ड स्टर्लिङमा आफ्नो बोलकबोल प्रस्तुत गर्नसक्ने जनाइएको छ । आवेदनको लागि ४५ दिनको समय दिइएको छ । 

उक्त दिनभित्र कम्तीमा अक्टोबर ३१ सम्मको म्याद भएको २ करोड १० लाख रुपैयाँ बराबरको बिड सेक्युरिटीसहित आवेदन दिन भनिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ