arrow

सीजी मोटर्ससँग सहकार्य गरी एसेम्बली प्लान्ट उद्घाटन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
cgmotors-assembling (1).jpg

काठमाडौँ । मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कम्पनी हिरो मोटोकर्पले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी मोटर्ससँगको सहकार्यमा आफ्नो आक्रामक व्यापार योजना घोषणा गर्नुका साथै नेपालमा एसेम्बली प्लान्टको उद्घाटन गरेको छ । 

हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी लोकप्रिय उत्पादनहरु एक्सपल्स २०० ४भी, सुपर स्पेन्डर, स्पेन्डर प्लस मोटरसाइकल र जुम ११० स्कुटर बजारमा ल्याएको सीजीले जनाएको छ । उक्त चार वटा उत्पादनलाई नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक एसेम्बली फयासिलिटीमा स्थानीय रुपमै एसेम्बल गरिने भएको छ । 

यस प्लान्टको क्षमता प्रतिवर्ष ७५ हजार युनिट हुने र यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरु सिर्जना गरिने सीजीले जनाएको छ । । सीजी मोटर्सले बढ्दो ग्राहक संख्यालाई ध्यानमा राखेर नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत रुपमा विस्तार गर्दै रहेको जनाएको छ । 

सहकार्यका बारेमा आफ्नो धारणा राख्दै हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, ‘नवीनता र प्रविधि आफ्नो मूल मन्त्रका साथ हिरो मोटोकर्प विश्वभरका आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय उत्पादनहरु र अनुभवहरु प्रदान गर्न प्रतिबद्ध छ । यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण हो । यस अत्याधुनिक एसेम्बली युनिटले युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरु अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरुका लािग सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ । सेल्स र सर्भिस नेटवर्कको द्रूत विस्तारले हामीलाई हाम्रा विश्वस्तरीय उत्पादनहरु र सेवाहरुसँग बजार जोड्न सक्षम बनाउँछ । हाम्रो साझेदार सीजी मोटर्ससँगै नेपालमा हाम्रो नयाँ फोकसले नेपालप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ, जुन हाम्रो लागि निकै महत्वपूर्ण बजार हो ।’

त्यस्तै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण हो । हाम्रो हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरु लन्च गर्न पाउँदा उत्साहित छौँ । हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्वस्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्नको लागि हामीलाई धेरै लाभदायक हुनेछ । अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौँ ।’
 

cgmotors-assembling (2).jpg
cgmotors-assembling (3).jpg
cgmotors-assembling (4).jpg
cgmotors-assembling (5).jpg
cgmotors-assembling (6).jpg
cgmotors-assembling (7).jpg
cgmotors-assembling (8).jpg
cgmotors-assembling (9).jpg
cgmotors-assembling (10).jpg
cgmotors-assembling (11).jpg
cgmotors-assembling (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ