arrow

मंगलबारको बिदाप्रति राप्रपाको व्यङ्ग्य – आफ्नालाई पाखा लगाएर विदेशी राजालाई सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
RPP-N111.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले व्यंग्य गरेको छ । 

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमा व्यंग्य गर्दै आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरुले विदेशकै राजालाई भए पनि सम्मान दिएछन् भन्दै व्यंग्य गरेका हुन् । उनले नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत दिन माग गरेका छन् ।

कतारका अमिर थानी नेपालको दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौँ आउँदै छन् ।

उनले भनेका छन् –
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरुले विदेशकै राजालाई भए पनि सम्मान दिएछ । नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत देऊ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ