arrow

युट्युब हेरेर १६ वर्षे युवकले बनाए पेस्तोल, गोजीबाट निकाल्दा पड्किएर घाइते

logo
सौरभ गिरी, 
प्रकाशित २०८१ वैशाख १६ आइतबार
home-made-pistol.jpg

नेपालगञ्ज । बाँकेमा आफैँले बनाएको घरेलु हतियार (कटुवा पेस्तोल) पड्किएर एक जना घाइते भएका छन् । 

 गएराति राप्तीसोनारी गाउँपालिका ५ चाचरफर्का बस्ने १६ वर्षीय सचिन थारू आफैँले बनाएको घरेलु हतियार पड्किएर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

युट्युब हेरेर काठ र फलामको घरेलु कटुवा पेस्तोल जस्तो देखिने हतियार बनाई आफ्नै पाइन्ट पछाडिको गोजीमा राखेको र गोजीबाट निकाल्ने क्रममा पड्किएर दाहिने खुट्टाको पछाडिको हिपमा छर्रा गाडिन गई घाइते भएको प्रहरीले जनाएको छ । 

थारूको नेपालगन्ज मेडिकल कलेज नेपालगञ्जजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ । हतियार प्रहरीलेले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ