नेपाल भ्रमणमा आएका तीन खेलाडी वेष्ट इन्डिजको टी–२० विश्वकपको टिममा
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २२ शनिबार
580
Shares
काठमाडौँ । वेष्ट इन्डिजले टी–२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन २ तारिख (जेठ २० गते) देखि २९ सम्म अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि वेष्ट इन्डिजले रोभमन पावेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
हाल नेपाल टुरमा आएको वेष्ट इन्डिज ए टिमबाट विश्वकप खेल्ने टोलीमा जोन्सन चार्लेज, रोस्टन चेज र गुडाकेश मोती गरी तीन जना परेका छन् ।
घरेलु मैदानमा हुने यस विश्वकपमा वेष्ट इन्डिज समूह सीमा रहेको छ । यस समूहमा वेष्ट इन्डिजसँगै अफगानिस्तान, न्यूजिल्याण्ड, पपुवा न्यूगिनी र र युगाण्डा रहेका छन् ।