कमल १ को वडाध्यक्ष पुरुष फुटबल कपको उपाधि केर्खालाई
युवराज रेग्मी,
प्रकाशित २०८१ वैशाख २२ शनिबार
813
Shares
कमलगाउँपालिका । झापाको कमल गाउँपालिकामा भएको वडा नं १ वडाध्यक्ष पुरुष फुटबल कपको उपाधि वडा नं ३ ले हात पारेको छ । श्री नरेन्द्र जनता माध्यमिक विद्यालय खेल मैदानमा भएको फाइनलमा वडा नं ३ ले वडा नं ६ लाई १–० ले हराउँदै उपाधि जितेको हो ।
दोस्रो हाफको चौथो मिनेटमा दिनेश मगरले हानेको गोलपोस्टको क्रस बारमा लागेर फर्कदै पुनः गोलरक्षकलाई ठोक्किएर गोलमा परिणत भएको थियो ।
विजेताले ४० हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेताले २० हजार रुपैयाँ पायो । वडा नं ३ ले वडा नं २ लाई सेमिफाइनलमा पराजित गरि फाइनल प्रवेश गरेको थियो भने वडा नं ६ ले आयोजक वडा नं १ को ( ख ) समूहलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
“लागुऔषध विरुद्ध हाम्रो अभियान , खेलकुदमा युवाको योगदान” नाराका साथ लागुपदार्थ तथा दुर्ब्यसन विरुद्ध युवाहरुलाई खेलकुदको माध्यमबाट सकारात्मक दिशातर्फ लगाब दिलाउन झापाको कमल गाउँपालिकामा बैशाख १७ गते देखि प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन गरिएको थियो ।