arrow

वर्षमान पुन आफैँले आफैँलाई दिए सुझाव 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
barshaman-pun-80-11-23.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आफ्नो पार्टीका विभागीय प्रमुख स्तरका नेताहरुसँग सुझाव लिएका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा उनले पार्टीका डेढ दर्जन विभागीय प्रमुखसँग सुझाव लिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

पुन आफैँ माओवादी केन्द्रको अर्थ तथा योजना विभाग प्रमुख हुन् । आफैँले नेतृत्व गरेको समितिले उनी आफैँलाई सुझाव दिएको हो । 

कार्यक्रममा विभागीय प्रमुखहरुले बजेटमा रोगजारी सृजना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिन आग्रह गरेको पुनको सचिवालयले जनाएको छ । 

बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिक तथादसामाजिक रुपमा पछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रुपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षासहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न उनीहरुले सुझाव थिए ।

कार्यक्रममा अर्थमन्त्री पुनले सहभागितामुलक रुपमा बजेट निर्माण गरिने बताए । गठबन्धन दलका चुनावी प्रतिबद्धताअनुसार सरकारको नीति कार्यक्रम ल्याइने उनको भनाइ थियो । 

आफूले यसअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग बजेट निर्माण सम्बन्धमा सुझाव लिएको र ती सुझाव बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनाए ।

सो क्रममा पुनलाई माओवादी केन्द्र सम्वद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् । 

माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा पुनलाई आइतबार विभिन्न विभागका प्रमुखसँग छलफल गरी सुझाव लिएका हुन् । कार्यक्रममा विभागीय प्रमुखहरुले बजेटमा रोगजारी सृजना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिन आग्रह गरे । 

बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिक÷सामाजिक रुपमा पछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रुपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षासहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न उनीहरुको  सुझाव थियो । 

अर्थमन्त्री पुनले सहभागितामूलक रुपमा बजेट निर्माण गरिने बताए । गठबन्धन दलका चुनावी प्रतिबद्धताअनुसार सरकारको नीति कार्यक्रम ल्याइने उनको भनाइ थियो । 

आफूले यसअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग बजेट निर्माण सम्बन्धमा सुझाव लिएको र ती सुझाव बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ