arrow

शेयर कारोबारमा लाग्ने ब्रोकर कमिसन घट्यो, अब कति लाग्छ शुल्क ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २४ सोमबार
dhitopatra-bord.jpeg

काठमाडौँ । शेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिसन घट्ने भएको छ । अर्थ मन्त्रालयको स्वीकृतिसँगै धितोपत्र बोर्डको बोर्ड बैठकले ब्रोकर कमिसन साविकको दरभन्दा १० प्रतिशतले घटाउने निर्णय गरेको हो । 

नेपाल धितोपत्र बोर्डको आइतबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । यद्यपि सबै सञ्चालकको हस्ताक्षर बाँकी भएकोले यसलाई आधिकारिक रुपमा सार्वजनिक गर्न भने बाँकी छ । 

रमेश हमाल अध्यक्ष रहँदा गत कात्तिक १ गते धितोपत्र बोर्डले कमिसन घटाउने निर्णय गर्दै स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । तर मन्त्रालयले उक्त प्रस्ताव रोकेर राखेको थियो । 

अर्थमन्त्रीमा वर्षमान पुन आएपछि तत्कालै कमिसन घटाउने निर्णय गर्ने अपेक्षा रहे पनि यो त्यत्तिकै थन्केर बसेको थियो । अर्थमन्त्रीले गत साता स्वीकृत गरेर उक्त प्रस्ताव बोर्डमा पठाएपछि बोर्डले जेठ १ गतेदेखि हुने कारोबारमा कमिसन घटाउने निर्णय गरेको हो । 

अहिले ५० हजार रुपैयाँसम्मको शेयर कारोबारमा कारोबारमा ०‍४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०‍३७ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०।३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०।३० प्रतिशत र १ करोड भन्दामाथि जतिसुकैको कारोबारमा ०‍२७ प्रतिशत ब्रोकर कमिशन लाग्दै आएको छ । 

कारोबार सीमाको थ्रेसहोल्डलाई कायम गर्दै अब कमिसन दर १० प्रतिशत घटाइएको छ । जेठपछि ५० हजारसम्मको कारोबारका लागि ०‍३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०‍३३ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०‍३१ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०‍२७ प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०‍२४ प्रतिशत शुल्क लाग्नेछ । 

प्रतिशेयर कारोबारको न्यूनतम शुल्कलाई भने २५ रुपैयाँमा यथावत् राखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ