arrow

नमूना संयुक्त राष्ट्र संघको छैटौँ संस्करण बैशाख २७ देखि बेशिशहरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २४ सोमबार
youth-thinkers-lamjung-81.jpg

लमजुङ । वैचारिक युवा समाज लमजुङको आयोजनामा नमूना संयुक्त राष्ट्र संघको छैटौँ संस्करण बेशिशहरमा हुने भएको छ । तीन दिन चल्ने छैटौँ संस्करण  यही बैशाख २७ गतेदेखि शुरु हुने वैचारिक युवा समाज लमजुङका अध्यक्ष अनुप पुडासैनीले बताए । 

विगत केही वर्ष यता अत्यन्त चर्चा एवं अभ्यासमा आएको यस कार्यक्रमले पनि केही गम्भीर विषयवस्तुतर्फ अन्तरक्रिया केन्द्रित गर्दै 'लमजुङ मोडेल युनाइटेड नेशन्स' सभ्य एवं भव्य रूपमा सम्पन्न हुने अध्यक्ष पुडासैनीले जानकारी दिए ।

यस अभ्यासमा देश भित्रबाट विभिन्न शैक्षिक पृष्ठभूमिबाट आएका युवाहरुलाई समितिहरूमा विभाजन गरी प्रत्येकलाई अलग अलग राष्ट्रको प्रतिनिधि बनाइ नै निश्चित विषय उपर त्यो राष्ट्रको के कस्तो भूमिका छ भन्ने चर्चा गर्दै समस्याको समाधानप्रति गहिरो ध्यानाकर्षण हुने आयोजकको भनाइ छ । 

यस क्रममा सहभागीहरुले इतिहास, भूगोल, सांस्कृतिक, अर्थतन्त्र, कानून र अन्य क्षेत्रहरूमा अन्तरक्रिया गर्दै  ज्ञान प्राप्त गर्दछन् जसले गर्दा उनीहरूबीच सामिप्यता बढ्ने, परिचित सञ्जाल एवं सोचाइको परिधि थप फराकिलो बनाउन यस अभ्यासले सहयोग गर्ने दाबी गरिएको छ । 

पुडासैनीका अनुसार वैचारिक युवा समाज सन् २०१४ मा स्थापित गैरसरकारी संस्था हो, जसले युवाहरूको सशक्तिकरण, नेतृत्व निर्माण तथा व्यक्तिगत विकासमा सहयोग पुर्‍याउँदै आएको छ । 

यस संस्थाले लगभग देशभरिकै युवाहरुलाई एकीकृत गर्दै उनीहरूको प्रतिभालाई बढावा दिने एवं विश्वव्यापी रुपमा स्थापित समस्याहरूको पहिचान र समाधान गर्न एक नमूना मञ्च प्रदान गर्दै आएको छ।

नमूना संयुक्त राष्ट्र संघ (मोडेल युनाइटेड नेशन्स) संयुक्त राष्ट्रको प्रक्रियाहरूको अनुकरण गरिएको कार्यक्रम भएको पनि आयोजकले जानकारी दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ