- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रतिनिधि सभाको बजेट अधिवेशन शुरु भएको छ । सभामुख देवराज घिमिरिे बैठकको औपचारिक विषयमा प्रवेश गर्नासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेको छ ।
यसअघिको हिउँदे अधिवेशनमा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएकाले सत्यतथ्य पत्ता लगाउनका लागि संसदीय छानबिन समिति बनाउन कांग्रेसले माग गर्दै आएकामा सरकारले वास्ता नगरेपछि कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।
कांग्रेसले छानबिन समिति नबनेसम्म बैठक अगाडि बढ्न नदिने बताएको छ ।