arrow

बसन्तमय तिलोत्तमा [फोटोफिचर] 

logo
मनिष अर्याल, 
प्रकाशित २०८१ वैशाख २९ शनिबार
tilottoma-road-81-1-29-(14).jpg

रुपन्देही । तिलोत्तमा नगरपालिका नेपालकै एक नमूना नगरपालिका हो र देशकै उत्कृष्ट नगरपालिकाहरुमा छनोट पनि भएको नगरपालिका हो । 

तिलोत्तमा नगरपालिकाको भूभागमा पर्ने बुटवल–भैरहवा छ लेन सडक नेपालकै नमूना सडकका रूपमा परिचित छ। हरियाली प्रवर्धनका कार्यक्रमले छ लेन सडकमा थप आकर्षक बढेको छ ।

सडकको दायाँ बायाँ एकनाशका मझौला रुखको हरियाली, बीच डिभाइडरमा ढकमक्क फुलेको बेगनबेली फूलको सौन्दर्य । बुटवलको योगीकुटी पार गरेपछि तिलोत्तमा नगरपालिकामा प्रवेश गरेसँगै सडकको दायाँ र बायाँ दुवैतर्फ ६ मिटरको दूरीमा स्टोनिया जातका बिरुवाको हरियाली छाएको छ । 

मुख्य डिभाइडरमा तिलोत्तमा नगरपालिकाले नगरको फूल घोषणा गरेको बेगनबेली राताम्य फुलेको छ । 

सिद्धार्थ राजमार्ग अन्तर्गतको तिलोत्तमा सडक खण्डको १३ किलोमिटर सडकमा २५ सय बढी प्रजातिका विभिन्न फूलका बिरुवाहरू लगाइएको छ । (नेपाल फोटो लाइब्रेरी)
 

tilottoma-road-81-1-29 (1).jpg
tilottoma-road-81-1-29 (2).jpg
tilottoma-road-81-1-29 (3).jpg
tilottoma-road-81-1-29 (4).jpg
tilottoma-road-81-1-29 (5).jpg
tilottoma-road-81-1-29 (6).jpg
tilottoma-road-81-1-29 (7).jpg
tilottoma-road-81-1-29 (8).jpg
tilottoma-road-81-1-29 (9).jpg
tilottoma-road-81-1-29 (10).jpg
tilottoma-road-81-1-29 (11).jpg
tilottoma-road-81-1-29 (12).jpg
tilottoma-road-81-1-29 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ