arrow

गन्तव्य

logo
कविता गौतम,
प्रकाशित २०८१ वैशाख २९ शनिबार
kabita-gautam-81-1-29.jpg

गन्तव्यमा पुग्नु छ 
ढिलै भए पनि 
ती अनिँदा रातमा 
खुला आँखाले देखेका 
सपना पूरा गर्नु छ 
एक्लै भए पनि 
जिन्दगीसँग हारेको म
पहिला आफैँलाई 
यो जिन्दगीसँग जित्नु छ 
आफैँसँग नजर जुधाउने 
साहस बटुल्नु छ 
तिम्रो सामु आउनुअघि
तिम्रो हुनुअघि
मलाई म हुनु छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ